कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त क्षेत्रबाट यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपरेसन सञ्चालन गरेर आज बिहान उनीहरूलाई पक्राउ गरेको हो । काउन्टर आसपासमा सक्रिय भएर कालिमाटी बल्खु हुँदै उपत्यका बाहिर यात्रा गर्न खोज्नेहरूलाई उनीहरुले हैरानी दिने गरेका थिए ।
पक्राउ परेकाहरूलाई मुद्दा चलाउनको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जनाएका छन् । सुवेदीका अनुसार आरोपीहरू विरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसरमा पठाउने बताइएकाे छ ।