Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण

- शुभ बिहानी / बुधबार, असार १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ उपत्यकासहित देशकाे विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ । तीन महिनादेखि विभिन्न स्थानमा देखिन थालेको बर्डफ्लु हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको पशु सेवा विभागले जनाएको छ ।

गत चैतमा मोरङमा देखिएकाे बर्ड फ्लु रोगबाट प्रभावित ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ भने ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना समेत नष्ट गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार अहिले झापा, मोरङ र सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आइसकेको भएपनि कोसी प्रदेशमा लगाइएको एक महिने पन्छी ओसारपसार र प्रतिबन्ध खुकुलो बनाइएको छ ।

पछिल्लाे समय उपत्यकाकाे तीनवटै जिल्ला र काभ्रेका केही स्थानमा यो रोग देखा परेकाले सुरक्षाको उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
ताजा अपडेट
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने
  • मनसुनी प्रणाली पूर्वबाट मध्य भागमा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama