भेनेजुएलामा गएकाे शक्तिशाली भूकम्पमा परि ठुलाे जनधनकाे क्षेति भएकाे छ । दुई शक्तिशाली भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ भने हजाराै मानिसकाे मृत्यु भएकाे आशंका गरिएको छ ।
सीएनएनका अनुसार भूकम्पमा परि ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको बताइएकाे छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार गएराति १० बजेर ४ मिनेटमा जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको बताइएकाे छ । यूएसजीएसले प्रारम्भिक मूल्यांकनका आधारमा यी भूकम्पका कारण ठूलो मानवीय क्षतिसँगै व्यापक भौतिक संरचनाकाे विनाश हुन सक्ने सम्भावना रहेको जनाएको छ ।