आज बिहान भएकाे खेलमा डीआर कंगोले समूह चरणको अन्तिम खेलमा सानदार जित निकाल्दै नकाउट चरणमा प्रवेश गरेको छ । उज्बेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गर्दै डीआर कंगो तेस्रो स्थानबाट नकाउट चरणमा प्रवेश गरेकाे हाे ।
कोलम्बिया विजेता र पोर्चुगल उपविजेता बनेको समूह ‘के’ मा ४ अंकसहित तेस्रो स्थानमा रहेकाे डीआर कंगो नकाउटमा पुगेको हो । डीआर कंगो नकाउट चरणमा प्रवेश गर्दा साउथ कोरिया भने विश्वकपबाट बाहिरिएको छ ।