वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ३ जना पक्राउ परेका छन् । आकर्षक तलबमा वैदेशिक रोजगारीको पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरी रहेका छन् । गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै ४ जनाबाट ४ लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख ९० हजार र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जनाबाट १ लाख लिएर फरार भएका थिए ।
फरार रहेका उनिहरुलाई पीडितको उजुरीकाे आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएकाे छ ।
त्यसैगरि अर्का दुई जना निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएकाे छ ।