ट्राफिक प्रहरीले पछिल्लाे २४ घण्टामा १ हजार ९ सय २२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीबाट ५ लाख बढि राजस्व संकलन गरेकाे छ । यसबाट राज्यकोषमा ५ लाख ११ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १ सय २९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ३९ जनालाई कारबाही गरिएको बताइएकाे छ ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका १ हजार २ सय ९६ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।