आज संघीय संसदकाे राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएकाे हाे ।
संसद सचिवालयका अनुसार आजकाे बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक सभासमक्ष प्रस्तुत गर्ने एकमात्र कार्यसूची राखिएको छ । यसअघि प्रतिनिधिसभाबाट असार ४ गते उक्त विधेयक बहुमतले पारित भएको थियो ।