Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असार १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बेल्जियम र इङ्ल्यान्ड अन्तिम १६ मा सेनेगल र डीआर कंगो बिश्वकपबाट बाहिरिए

- शुभ बिहानी / बिहिबार, असार १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फिफा विश्वकप २०२६ अन्तर्गतकाे खेलमा बेल्जियम र इङ्ल्यान्ड अन्तिम १६ मा प्रवेश गर्दा सेनेगल र डीआर कंगो बिश्वकपबाट बाहिरिएका छन् । सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगललाई ३–२ गाेलले हराउँदा एटलान्टा स्टेडियममा भएकाे खेलमा इङ्ग्ल्यान्डले डीआर कंगोलाई २–१ ले पराजित गरेकाे छ ।

खेलकाे सुरुवातमा सेनेगलले २-० गाेलकाे अग्रता लिएपनि खेलकाे अन्तिम समयमा बेल्जियमसँग ३–२ गाेलले पराजित भएकाे हाे । सेनेगलकाे तर्फबाट २५औँ मिनेटमा हबिब डियारा र ५१औँ मिनेटमा इस्माइला सारले गोल गरेका थिए ।

बेल्जियमका लागी ८६औँ मिनेटमा रोमेलु लुकाकु, ८९औँ मिनेटमा युरी टिलेमान्स र अतिरिक्त समयको अन्तिम मिनेटमा टिलेमान्सले पेनाल्टीमार्फत गोल गरेका थिए । सेनेगल बेल्जियमसँग ३–२ ले पराजित भएर बिश्वकपबाट बाहिरिएको छ भने बेल्जियम अन्तिम १६ मा प्रवेश गरेकाे छ ।

अर्काे खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ । खेलकाे ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई सुरुवाति अग्रता दिलाए पनि इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले २ गाेल गरेका थिए ।

खेलको ७५औं र ८६औं मिनेटमा इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै टोलीलाई जिता दिलाउँदै अन्तिम १६ मा स्थान बनाउन सफल हुँदा डीआर कंगो बिश्वकपबाट बाहिरिएको छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
औषधि विभागद्वारा ६ बुँदे निर्देशन जारी
फेरि बढ्याे सुनचाँदीको मूल्य
स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
ताजा अपडेट
  • औषधि विभागद्वारा ६ बुँदे निर्देशन जारी
  • फेरि बढ्याे सुनचाँदीको मूल्य
  • स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
  • बर्डफ्लुबाट प्रभावित किसानलाई ५० करोड क्षतिपूर्ति
  • क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल विजयी
  • रुसद्वारा किभमा व्यापक हवाई आक्रमण, कम्तीमा १० जनाको मृत्युस आवासीय क्षेत्र लक्षित गरिएको युक्रेनको आरोप
  • साउन १ देखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा शुरु हुने, महिलाको सुरक्षित यात्रालाई प्राथमिकता
  • कपडाको नाममा अमेरिका पठाउन खोजिएको कार्गोबाट ठूलो परिमाणमा सुनका गरगहना बरामद, दुई जना पक्राउ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama