फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल विजयी बनेको छ । अाज बिहान भएको खेलमा क्रोएसियालाई २-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल विजयी बनेको हो ।
याे जितसँगै पोर्चुगल प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको ५३औँ मिनेटमा इभान पेरिसिकको गोलमार्फत क्रोएसियाले अग्रता कायम गरेको भएपनि ६८औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि ९४औँ मिनेटमा पोर्चुगलका गोन्कालो रामोसले गोल गरेका थिए । खेलको इन्जुरी समयमा क्रोएसियाले गोल गरे पनि मान्यता नपाएकाे र त्यसपछि कुनै गोल हुन नसके पछि पाेर्चुगल २-१ ले विजयी बनेकाे हाे । अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने पराजयसँगै क्रोएसिया फिफा विश्वकप २०२६ बाट बाहिरिएकाे छ ।