Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

- शुभ बिहानी / आइतबार, असार २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फोटो पत्रकार (पीजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघकाे सभा हलमा सम्पन्न तालिममा विभिन्न सञ्चारमाध्यमका ३० भन्दा बढी फोटो पत्रकारको सहभागिता रहेको थियो ।

नेपाल सरकारकाे सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजित तालिममा अनुभवी प्रशिक्षक तथा विषय विज्ञहरूले जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सीप, सुरक्षा उपाय तथा जोखिम व्यवस्थापनका विविध पक्षबारे प्रशिक्षण दिएका थिए ।

उक्त तालिममा इरानी प्रशिक्षक डा. बेहरु मोगद्दसीले राजनीतिक आन्दोलन, प्राकृतिक प्रकोप, महामारी, द्वन्द्वग्रस्त अवस्था, प्रदर्शन तथा अन्य संवेदनशील सामाजिक घटनाको प्रत्यक्ष र उच्च जोखिमपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर काम गर्दा फोटो पत्रकारले अपनाउनुपर्ने सुरक्षा उपायबारे प्रशिक्षण दिएका थिए ।

त्यसैगरि वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की र विकास कार्कीले फिल्ड रिपोर्टिङका क्रममा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड, प्रदर्शन, द्वन्द्व तथा प्राकृतिक प्रकोपजस्ता आपत्कालीन अवस्थामा जोखिम मूल्याङ्कन, सचेतता र व्यक्तिगत सुरक्षा योजनाबारे प्रशिक्षण दिएका थिए ।

फोटो पत्रकारका लागि लक्षित, व्यवस्थित र व्यावहारिक सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सीमित रूपमा मात्र उपलब्ध रहेको वर्तमान अवस्थामा यस तालिमले जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सीप विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ ।

दिनप्रतिदिन बढ्दो जोखिमपूर्ण वातावरण, प्राकृतिक विपत्ति तथा अन्य संवेदनशील घटनास्थलमा सबैभन्दा पहिले पुगेर काम गर्नुपर्ने फोटो पत्रकारहरूको सुरक्षा क्षमता अभिवृद्धिमा उक्त तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास छ ।

Page Views: 123
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama