आज बिहान भएको फिफा विश्वकप २०२६ को खेलमा बेल्जियमसँग अमेरिका ४–१ गाेलले पराजित भएकाे छ । अमेरिका बाहिरिएसँगै आयोजक ३ वटै देश अमेरिका, क्यानडा र मेक्सिको विश्वकप यात्राबाट बाहिरिएका छन् ।
आज बिहान भएको खेलमा बेल्जियम खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत हुँदै ९औँ मिनेटमा चार्ल्स डे केटेलारेकाे गाेल मार्फत गर्दै अग्रता लिएकाे थियाे । खेलको ३१औँ मिनेटमा अमेरिकाका म्यालिक टिलम्यानले गोल गरेका थिए भने त्यसपछि ३३औँ मिनेटमा केटेलारेले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
खेलको ५७औँ मिनेटमा हाने भानाकेनले गोल गर्दै बेल्जियमलाई ३–१ को बलियो स्थितिमा पुर्याउँदा खेल सकिनै लाग्दा इन्जुरी समयको (९०ं+३) मिनेटमा बेल्जियमका अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै ४–१ को जित सुनिश्चित गरेका थिए ।
यो जितसँगै बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेकाे छ भने अमेरिकाको विश्वकपकाे अन्तिम १६ बाट बाहिरिएकाे छ । उता गएराति सम्पन्न खेलमा पाेर्चुगल स्पेनसँग १–० गाेलले पराजित हुँदै विश्वकप यात्राबाट बाहिरिँदा स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ ।