फिफा विश्वकप-२०२६ को क्वाटरफाइनलमा समिकरण पूरा गर्दै साविक विजेत अर्जेन्टिना सहित ८ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज विहान प्रिक्वाटरफाइनल अन्तर्गत स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएसँगै अन्तिम आठमा पुग्ने ८ वटै टोली छनाैट भएकाे हो ।
क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम, दक्षिण अमेरिकाबाट १ र अफ्रिकाबाट १ टिम पुगेका छन् । जसमा साविक विजेता अर्जेन्टिनासहित पुर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डलगायत ८ टिमले क्वाटरफाइनलम स्थान बनाएका हुन् ।
क्वाटरफाइनलमा प्रवेश गरकाे फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ग्ल्यान्ड,अर्जेन्टिना र स्विट्जरल्यान्डलगायतका टिमले अब एक दिनको ब्रेकपछि शुक्रबारदेखि क्वाटरफाइनल चरणका खेलहरु सुरु गर्ने छन् । जसमा मोरक्कोले फ्रान्स, बेल्जियमले स्पेन, नर्वेले इङ्ग्ल्यान्ड र स्विट्जरल्यान्डले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।
फिफा विश्वकप २०२६ अन्तर्गतकाे प्रिक्वाटरफाइन खेलमा फ्रान्सले पाराग्वेलाई, मोरक्कोले क्यानडालाई, स्पेनले पोर्चुगललाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्रजिललाई, इङ्ग्ल्यान्डले मेक्सिकोलाई, अर्जेन्टिनाले इजिप्टलाई र स्विट्जरल्यान्डले काेलम्बियालाई हराएर क्वार्टरफाइनलमा पुगेका हुन् ।
प्रिक्वाटरफाइनलबाट आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने फिफा विश्वकप-२०२६ बाट बाहिरिएका छन् ।