Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काभ्रेबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ

- शुभ बिहानी / बुधबार, असार २४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रेमा सवारी साधन जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९, मंगलटारस्थित इलाका प्रहरी कार्यालयको प्रहरी चेकपोस्टमा गरिएको सवारी साधन जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका हुन् ।

हिजाे साँझ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले चेक जाँचका क्रममा बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शंकास्पद देखिएपछि जाँच गर्दा उक्त लागू औषध सहित पाँच जना पक्राउ परेका थिए ।

पक्राउ परेका पाँच जनामध्ये दोलखा भीमेश्वर नगरपालिका-७, बस्ने २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिकसहित ६०.०६ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियाे । त्यसपछि कारमा सवार पाँचै जनाको लागू औषध तथा मादक पदार्थ सेवन परीक्षण गर्दा सविन कोइराला र जगत् खत्रीको रिपोर्ट पोजेटिभ आएको बताइएकाे छ ।

लागू औषधसहित पक्राउ परेका उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Page Views: 22
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य घट्याे
ट्राफिक प्रहरीद्वार २ हजार ७६ जना सवारीचालकलाई कारबाही
फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
ताजा अपडेट
  • सुनचाँदीको मूल्य घट्याे
  • ट्राफिक प्रहरीद्वार २ हजार ७६ जना सवारीचालकलाई कारबाही
  • काभ्रेबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ
  • फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • उपत्यका र काभ्रेमा बर्डफ्लु जोखिम
  • उखु किसानकाे झण्डै दुई अर्ब रुपैयाँ भुक्तानी
  • अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama