नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ७ सयले बढेको छ भने चाँदीको प्रतितोला १ सय ७० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ पुगेकाे छ ।
हिजो बिहीबार बजारमा छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय र चाँदी प्रतितोला ४ हजार ३ सय ४० मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १ सय र चाँदी ४ हजार ५ सयमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा आएको उतारचढावसँगै नेपाली बजार प्रभावित भएको हो । विश्व बजारमा आज प्रतिऔँस सुन ४ हजार १ सय २० अमेरिकी डलर तथा प्रतिऔँस चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।