Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असार २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आत्मदाहको प्रयास गरेका गणेशकाे निधन

- शुभ बिहानी / शुक्रबार, असार २६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएकाे छ । मुगुको सोरु गाउँपालिका–१, निवासी २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।

अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराइरहेका नेपालीको बिहान सवा ११ बजे निधन भएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिएका छन् । अस्पतालमा उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको बताइएकाे छ ।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी दिएकाे थियो । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाका बारे केही भन्न नसकिने र जुनसुकै बेला पनि परिस्थिति गम्भीर बन्न सक्ने बताएका थिए ।

चिकित्सकहरूको प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
सुन र चाँदी दुवैको मूल्य वृद्धि
मुख्यसचिव कार्कीले गरे पदबहाली
जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
ताजा अपडेट
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण
  • सुकुमवासीको उचित व्यवस्थापनका लागि मानव अधिकार आयोगकाे आग्रह
  • निरन्तर वर्षाले इलामको राजदुवाली सडक अवरुद्ध, वैकल्पिक मार्गसमेत जोखिममा
  • काँग्रेसले संविधान संशोधनकोमा आफ्नो धारणा सार्वजनिक गर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama