Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुतावासले चेतावनी सहित सचेत गरायाे

- शुभ बिहानी / सोमबार, असार २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाली दूतावासले कुवेतले कुवेत तथा इराकमा बसोबास गरिरहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय क्षेत्रीय सुरक्षा अवस्था जटील बन्दै गएको सन्दर्भमा दूतावासले आधिकारिक सूचना मात्रै विश्वास गर्न र सामाजिक सञ्जालमार्फत अपुष्ट सामग्री प्रसारण नगर्न अनुरोध गरेको हो ।

दुतावासले आइतबार एक सूचना जारी गर्दै कुवेत र इराकका सरकारी निकायबाट जारी हुने आधिकारिक समाचार, निर्देशन तथा सूचनालाई पूर्ण रूपमा पालना गर्न सबै नेपालीलाई आग्रह गरेको छ । साथै कुनै पनि अपुष्ट सूचना, हल्ला वा भ्रामक सामग्री सामाजिक सञ्जालमा शेयर वा पोस्ट नगर्न पनि सचेत गराएको छ ।

जारी सूचनामा सरकारले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न नहुन तथा आकाशमा देखिने कुनै पनि हवाई आक्रमण, प्रतिरक्षा प्रणाली वा सुरक्षा घटनासम्बन्धी तस्वीर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न पनि अनुरोध गरेको छ । यस्ता गतिविधिले स्थानीय कानुन उल्लंघन हुन सक्नेमा सचेत गराएको हो ।

त्यसैगरि कुनै पनि अपरिचित वा शंकास्पद वस्तु नछुन, साइरन बजेमा घर वा कार्यस्थल बाहिर रहे तत्काल नजिकको सुरक्षित भवनभित्र आश्रय लिन र झ्याल वा बाल्कोनी नजिक नबस्न पनि आग्रह गरिएको छ ।

दूतावासले कुवेतमा रहेका नेपालीलाई कन्सुलर सेवा वा अन्य आपतकालीन सहयोग आवश्यक परे नेपाली राजदूतावाससँग सम्पर्क गर्न अनुरोध गर्दै आपतकालीन अवस्थामा स्थानीय प्रहरी, अग्निनियन्त्रण तथा एम्बुलेन्स सेवाका लागि ११२ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

Page Views: 68
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama