सिन्धुपाल्चाेककाे भोटेकोसी गाउँपालिका-२, स्थित कोदारी (इको) क्षेत्रमा सडक भासिएपछि नेपाल-चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार हिजाे साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हालेर मर्मतका काम थालिएकाे भए पनि वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका र नेपालबाट चिन तर्फ जाने मालवाहक कन्टेनर रोकिएका छन् ।
यसअघि पनि नेपाल-चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गतकाे सडकखण्डका विभिन्न स्थानमा पहिराे जाँदा सडक अवरुद्ध हुनुका साथै यातयात आवागमनमा समस्या हुने गरेकाे थियाे ।