फिफा विश्वकप २०२६ काे सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गाेलले हराउँदै फाइनलमा पुगेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको खेलमा फ्रान्सलाई २–० ले हराउँदै १६ वर्षपछि स्पेन फाइनलमा पुगेको हो ।
खेलकाे २२औं मिनेटमा स्पेनका लामिन यामललाई फ्रान्सका खेलाडी लुकास डिनले बक्सभित्र लडाएपछि स्पेनले पेनाल्टी पाएकाे र उक्त पेनाल्टी मार्फत ओयार्जाबालले गाेल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
त्यसपछि स्पेनले खेलको ५८ औं मिनेटमा पेड्रो पोरोले अर्काे गाेल गर्दै खेललाई दाेब्बर बनाएका थिए । त्यसपछि दुवै टिमबाट अरु गाेल हुन नसकेपछि अन्तत् स्पेन २–० ले विजयी बनेकाे छ भने स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित भएकाे छ ।
सन् २०१० को विश्वविजेता स्पेन फ्रान्सलाई २–० ले हराउँदै १६ वर्षपछि फाइनलमा प्रवेश गरेको छ भने अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।