Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान

- शुभ बिहानी / मङ्गलबार, साउन ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाली सेफ भवी खनालले पाककलाको क्षेत्रमा १६ वर्षभन्दा बढी अनुभवसहित फाइन डाइनिङ, ग्यास्ट्रोनोमी र दिगो अन्तर्राष्ट्रिय स्तरको पहिचान स्थापित गरेका छन् । एक्जिक्युटिभ सेफ, कुलिनरी डाइरेक्टर तथा सेफ कन्सल्टेन्टका रूपमा उनले विभिन्न प्रतिष्ठित रिसोर्ट तथा रेस्टुरेन्टमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मेनु विकास, किचन व्यवस्थापन, खाद्य गुणस्तर, लागत नियन्त्रण र सेवा उत्कृष्टतामा योगदान दिएका हुन् ।

नेपाल कुलिनरी कलेजबाट पाककलाको अध्ययन सुरु गरेका खनालले होटल व्यवस्थापन तथा नेतृत्वमा स्नातक र एमबीएसमेत पूरा गरेका छन् । स्थानीय सामग्री, परम्परागत स्वाद र आधुनिक अन्तर्राष्ट्रिय पाकशैलीलाई संयोजन गर्दै उनले सिर्जना गरेकाे परिकार स्वाद, प्रस्तुति गुणस्तरका दृष्टिले विशिष्ट मानिन्छ ।

उनी पाककलाका दक्ष सेफ मात्र नभई युवा सेफहरूको सीप विकास, प्रशिक्षण र नेतृत्वमा पनि सक्रिय रहेका छन् । दिगो पाककला, फ्युजन कुलिनरी, ग्यास्ट्रोनोमी र खाद्य नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै उनले नेपाली आतिथ्य उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयास गरिरहेकाे बताइएकाे छ ।

नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङ फुड डिक्सनरी’का लेखक शिव न्यौपानेले भवी खनालजस्ता दक्ष नेपाली सेफहरूको अनुभव र योगदानलाई राज्यले उचित सम्मान र प्रोत्साहन गर्नुपर्ने बताउँछन् । यस्ता जनशक्तिले नेपालको पर्यटन, आतिथ्य उद्योग र नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनकाे भनाइ रहेकाे छ ।

सेफ खनालले ग्यास्ट्रोनोमी केवल खाना पकाउने कला मात्र नभई संस्कृति, स्वाद र मानिसहरूलाई एकै ठाउँमा जोड्ने माध्यम भएकाे बताएका छन् । निरन्तर अध्ययन, अनुशासन र सिर्जनशीलतालाई सफलताको आधार मान्ने उनी आधुनिक पाककलामार्फत नेपालको पहिचान विश्वमञ्चमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् ।

Page Views: 12
संबन्धित शिर्षकहरु
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
ताजा अपडेट
  • नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
  • बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
  • पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
  • कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama