Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अण्डाको मूल्य बढ्न थाल्याे

- शुभ बिहानी / बुधबार, साउन ०६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालमा पछिल्लाे समाय देखिएकाे ‘बर्डफ्लु’ संक्रमणका काराण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । अहिले उत्पादन घटेको र माग बढेकाले मूल्य बढ्न थालेको हो ।

नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेकाे र साेहि अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको बताएकाे छ । त्यसैगरि मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ भने सानो अण्डा रु ४१५ पुगेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउँदै सबै साइजकाे अण्डामा प्रतिक्रेट रु ५० बढेको जनाएका छन् । उनका अनुसार दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको बताइएकाे छ ।

जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्री भएकामा बर्डफ्लुका कारण मूल्य घटेर रु ४५० मा पुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँछ भने प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ ।

अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको भएपनि झै किसानले लागत मूल्य पाउन नसकेका बताउँदै अध्यक्ष पोखरेलले किसान लागत मूल्य पाउने आशामा रहेकाे र बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेकाले प्रभावित किसानलाई राज्यले राहत दिनुपर्ने बताएका छन् ।

Page Views: 61
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
ताजा अपडेट
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama