Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, साउन ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज पाँच प्रदेशकाे विभिन्न स्थानमा भारी वर्षा हुने

- शुभ बिहानी / बिहिबार, साउन ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुलुकभर मनसुनी वायुकाे प्रभावसँगै माैसममा परिवर्तन आएका कारण देशकाे विभिन्न स्थानमा सामान्यदेखि भारी वर्षा भइरहेकाे छ । जसअनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसाे देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति देशकाे हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै पहाडी भूभागको केही र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम हुनसक्ने भएकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेकाे छ ।

Page Views: 20
संबन्धित शिर्षकहरु
बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
ताजा अपडेट
  • बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
  • सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
  • आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
  • नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै
  • वर्षाका कारण ११ ठाउँमा सडक अवरुद्ध
  • आज पाँच प्रदेशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • आज विपि स्मृति दिवस मनाइँदै
  • अण्डाको मूल्य बढ्न थाल्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama