Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, साउन ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वर्षाका कारण ११ ठाउँमा सडक अवरुद्ध

- शुभ बिहानी / बिहिबार, साउन ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशकाे विभिन्न स्थानमा परेकाे वर्षासँगै बाढीपहिरो गएका कारण विभिन्न स्थानका ११ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीलेको विवरणअनुसार कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन् ।

जसमा इलाममा मेची राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, दोलखामा लामासाघु रामेछाप राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेसीँशहर मनाङ सडक, म्याग्दीमा बेनी जोमोम सडक, रुकुम पश्चिममा भेरी करिडोर र जाजरकोट डोल्पा सडक बाढी र पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीकाे सार्वजनिक विवरणअनुसार भोजपुरमा मध्यपहाडी राजमार्ग र डडेल्धुरामा केआई सिंह राजमार्ग बाढीपहिरोको कारण आज एकतर्फी यातयात संचालन रहेकाे छ । वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम हुन सक्ने भएकाले सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

Page Views: 17
संबन्धित शिर्षकहरु
बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
ताजा अपडेट
  • बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
  • सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
  • आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
  • नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै
  • वर्षाका कारण ११ ठाउँमा सडक अवरुद्ध
  • आज पाँच प्रदेशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • आज विपि स्मृति दिवस मनाइँदै
  • अण्डाको मूल्य बढ्न थाल्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama