Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, साउन ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

- शुभ बिहानी / बिहिबार, साउन ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा दिउँसाे पाैने ३ बजे हुने खेलमा आज नेपाल आयोजक नेदरल्यान्ड्ससँग भिड्न लागेकाे हाे ।

यसअघिकाे पहिलाे खेलमा नामिबिया विरुद्धको पहिलो खेलमा ८ विकेटको पराजित भएकाे नेपाली टोली आजको खेल जित्दै उत्कृष्ट पुनरागमन गर्ने रणनीतिमा रहेकाे छ । नेपाल घरेलु मैदानमा दुई सिरिज खेल्नुअघि सातौँ स्थानमा रहेकाे नेपालले साउन ११ गते नामिबिया र १३ गते पुनः नेदरल्यान्ड्सँग खेल्ने खेल तालिका छ ।

पाँचौँ स्थानमा रहेको नेपालले २८ खेलबाट २४ अंक बनाएको छ भने समान खेलबाट ३२ अंक बनाएको नेदरल्यान्ड्स तेस्रो र २४ अंक बनाएको नामिबिया सातौँ स्थानमा रहेकाे छ । शीर्षस्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक हुँदा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३२ खेलबाट ३८ अंक रहेकाे छ ।

त्यसैगरि चौथो स्थानमा रहेको ओमानको ३२ खेलबाट ३१ अंक छ भने नेपालपछि छैटौँ स्थानमा रहेको क्यानडाको ३२ खेलबाट २४ र २४ खेलबाट १४ अंक बनाएको युएई तालिकाको आठौँ एवं अन्तिममा रहेकाे छ ।

नेपाललाई शीर्षचारमा परेर चालु विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता रहेकाे छ । यस प्रतियोगिताबाट एकदिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष ६ स्थानमा अटाए पुग्ने प्रावधान रहेको छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै
ताजा अपडेट
  • बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
  • सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
  • आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
  • नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै
  • वर्षाका कारण ११ ठाउँमा सडक अवरुद्ध
  • आज पाँच प्रदेशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • आज विपि स्मृति दिवस मनाइँदै
  • अण्डाको मूल्य बढ्न थाल्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama