Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विभिन्न ९ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

- शुभ बिहानी / शुक्रबार, साउन ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वर्षासँगकाे बाढी पहिराेका कारण देशभरका विभन्न ९ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । वर्षासँगै खसेको पहिरो र नदीको कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका हुन् ।

नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै देशका नौवटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाएको हाे ।

जसअनुसार बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै कान्ति लोकपथ पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवगमन बन्द गरिने भएको छ ।

त्यसैगरि इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग सडक हिलाम्मे भएका कारण पूर्ण रूपमा बन्द गरिएकाे छ । त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा गएको पहिरोले अरनिको राजमार्गसमेत अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार बागलुङको जैमिनीस्थित कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग, मुगुको नाग्म–गमगडी सडक, रसुवाको पासाङ ल्हामु सडकखण्ड, अछामको मध्यपहाडी लोकमार्ग तथा लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन् ।

त्यस्तै दोलखाको किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी नदीको कटानले मुख्य बाटो अवरुद्ध बनाएकाले खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्गमार्फत यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

Page Views: 17
संबन्धित शिर्षकहरु
आज सुनचाँदीको मूल्य घट्याे
मधेसमा धान रोपाइँ अन्तिम चरणमा
आजका लागि विदेशी मुद्राको विनिमय दर
ताजा अपडेट
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा
  • आजका लागि विदेशी मुद्राको विनिमय दर
  • संघीय संसद् अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
  • विभिन्न ९ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
  • बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउँदै
  • सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
  • आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama