Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे

- शुभ बिहानी / आइतबार, साउन १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

२४औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टाेली धनगढी पुगेको छ । वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित तीन सदस्यीय सरकारी वार्ता टोली धनगढी पुगेको हाे ।

उक्त वार्ता टाेलीमा संयोजक डा. अग्रवालसहित शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । उक्त सरकारी प्रतिनिधिको टोलीले हिजाे शनिबार डा. केसीसँग सामान्य भेटघाट गरेकाे र औपचारिक वार्ता आज आइतबार हुन लागेकाे बताइएको छ ।

आज सरकारका प्रतिनिधिहरू केसीका मागप्रति कति गम्भीर रूपमा प्रस्तुत हुन्छन् भन्ने कुराले वार्ताको नतिजा निर्धारण गर्ने डा. केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीले जानकारी दिएका छन् । उनले वार्ताका विषयमा सरकार कसरी प्रस्तुत हुन्छ र कति गम्भीर हुन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए ।

उत डा. केसीले विगतका सरकारसँग भएका सम्पूर्ण लिखित सहमतिहरू हुबहु कार्यान्वयन गर्नुपर्ने माग सहित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई बर्खास्त गरी नयाँ नियुक्ति गरिनुपर्ने माग गरेका छन् ।

त्यसैगरि चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णयहरू तत्काल खारेज गरिनुपर्ने तथा चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन कानुनी ऐनका प्रावधानहरू कडाइका साथ कार्यान्वयन गरिनुपर्ने माग सहित डा. केसीले सत्याग्रह सुरु गरेका हुन् ।

केही दिनदेखि आफ्ना विभिन्न माग राखी सत्याग्रहमा बसेका डा. केसी आफ्ना अडानबाट पछि हट्ने अवस्थामा नरहेको र उनकाे मागप्रति सरकारको आगामी कदम र आज हुने वार्ताले विशेष महत्त्व राख्ने देखिएको छ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
ताजा अपडेट
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama