Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै

- शुभ बिहानी / आइतबार, साउन १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ भाेलि औपचारिक उद्घाटन गरिँदै छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्गकाे भाेलि साउन ११ गते औपचारिक रुपमा उद्घाटन गर्न लागिएका हाे ।

सुरुङमार्ग आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ भने मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जनाएका छन् । सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब ५ दशमलव ५ किलोमिटर पुग्ने बताइएकाे छ ।

उक्त आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी रहेकाे छ । उद्घाटनपश्चात् तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ ।

वि.सं. २०७६ सालदेखि जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले यस आयोजनाको निर्माण सुरु गरेको थियो । नागढुङ्गाको उकालो र पहिरोको जोखिमबाट जोगाई यात्रालाई सहज बनाउने विश्वासका साथ निर्माण गरिएकाे सुरुङमार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ ।

अन्य सवारी साधनका लागि क्रमश: मार्ग खुला गरिने सुरुङमार्गकमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
ताजा अपडेट
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा
  • आजका लागि विदेशी मुद्राको विनिमय दर

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama