Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना

- शुभ बिहानी / सोमबार, साउन ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अहिले मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले मुलुकभरकाे माैसम बदलीसँगै मेघगर्जन तथा चट्याङसहित हल्कादेखि भारी वर्षाकाे सम्भावना रेहेकाे छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादलसँगै कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश तथा कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।

लुम्बिनी र सुदूरपश्चिम, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति देशभर साधारणतया बादल लाग्नुका साथै हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाे छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम,मधेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
ताजा अपडेट
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama