Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तीन प्रदेशकाे केही स्थानमा भारी वर्षाको सम्भावना

- शुभ बिहानी / मङ्गलबार, साउन १२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अहिले मुलुकभर मनसुनी वायुकाे प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले माैसममा परिवर्तन आएकाे छ । जसकाे प्रभावले देशकाे विभिन्न स्थानमा साधारणदेखि भारी वर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । आज दिउँसो हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

त्यसैगरि देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यसैगरि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

आज राति देशको हिमाली र पहाडी भू–भाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान, कोशी र सुदुरपश्चिम प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महशाखाले जनाएकाे छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना पूरा
नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
ताजा अपडेट
  • ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
  • तीन प्रदेशकाे केही स्थानमा भारी वर्षाको सम्भावना
  • सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना पूरा
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama