गएराति सुनसरीको देवानगञ्ज बजार क्षेत्रमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनाव प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको छ । बेलुकी ८ बजेदेखि सुरु भएको झडपका कारण बजार क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो ।
घटनास्थलमा खटिएका प्रहरी अधिकारीले प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिएको हाे । प्रहरीका अनुसार घटनापछि बजार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताइएकाे छ ।
झडपको कारण र घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइएको छ । दुवै पक्ष घरेलु हतियारसहित बजारमा निस्किएपछि झडप भएको जनाइएको छ। स्थिति सामान्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।