आजबाट नेपाली काग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेला आयोजना गर्दैछ । काठमाडौ सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजेबाट शुरु हुने राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले उदघाट्न गर्ने कार्यक्रम रहेकाे छ ।
डा. शशांक कोइरालाकाे संयाेजकत्वमा आजदेखि ३ दिनसम्म चल्ने उक्त भेलामा ६ वटा प्रस्तावमा छलफल हुने बताइएको छ । भेलाका लागि इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किएका थिए भने उनलाई कांग्रेस नेता–कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए ।
संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ । आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता तयारी रहेकाे छ भने भोलि र पर्सि बन्दसत्र हुनेछ ।
भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ ।