उच्च अदालत बार एसोसिएसनको अध्यक्षमा सेवन्तराज निरौला विजयी विजयी भएका छन् । नयाँ पदाधिकारीका लागि हिजाे शनिवार भएको निर्वाचनबाट अध्यक्षमा निरौला विजयी भएका हुन् ।
बृहत् प्रगतिशील तथा पेशागत समूहबाट उठेका निरौलाले १ हजार १५२ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धी डेमोक्रेटिक लयर्स एसोसिएसनबाट अध्यक्षमा देवीप्रसाद रिजालले १२२ मत र स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट अध्यक्ष भेषराज पोखरेलले १९९ मत प्राप्त गरेका थिए ।
त्यसैगरि उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजिवकुमार पोखरेल, महिला सहसचिवमा सीमा सुवेदी, कोषाध्यक्षमा दीलकुमार कार्की, महिला सदस्य अनिता पौडेल, सदस्यहरूमा इन्दिराकुमारी शर्मा सुवेदी, बबिता राई, खुला सदस्यमा विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा,राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मात्रिका खनाल विजयी भएका छन् ।
९ पदाधिकारीसहित १९ कार्यसमितिका लागि मतदान सम्पन्न भएको थियो । शनिबार बिहान ८ बजेदेखि सुरु भएकाे मतदान साँझ साढे ५ बजे केही सामान्य विवादबाहेक शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो ।