Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?

- शुभ बिहानी / मङ्गलबार, भदौ ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल,तरकारी तथा कृषिउपजको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो टनेल गोलभेडा ४४ रुपैयाँमा रहेको छ ।

त्यस्तै आलु रातो (लाम्चो) ४८ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

बन्दा (लोकल) ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ७० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकेजी ७० रुपैयाँ रहेको छ ।

त्यसैगरी आजका लागि टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर (लोकल) ६० रुपैयाँ, घिरौला २० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) ४० रुपैयाँ, भिण्डी ४० रुपैयाँमा रहेको छ ।

समितिका अनुसार रायोको साग ८० रुपैयाँ, पालुङ्गो साग २०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन २५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ, आँप (मालदह) २५० रुपैयाँ, आँप (चोसा) २३० रुपैयाँ, तरबुजा (हरियो) ५० रुपैयाँ तोकिएको समितिले जनाएकाे छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने
चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालियाे
ताजा अपडेट
  • मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते
  • प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालियाे
  • किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
  • पहिरो हटेपछि पृथ्वी राजमार्गमा आवागमन सामान्य
  • थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
  • आजदेखि ग्यासको बिक्री-वितरण नियमित गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama