Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने

- शुभ बिहानी / मङ्गलबार, भदौ ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज संघीय संसद, प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । सिंहदरबारमा बस्ने आजकाे बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेकाे छ ।

जसअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने तयारी रहेकाे छ ।

त्यसैगरि प्रधानमन्त्री बालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्नेछन् भने बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेकाे छ ।

कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताववि प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ भने कानुनमन्त्री गौतमले नै ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने छन् ।

आजै विभिन्न पाँच वटा संसदीय समितिको बैठक पनि बस्ने तयारी रहेकाे छ । जसअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने बताएकाे छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते
आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालियाे
ताजा अपडेट
  • मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते
  • प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालियाे
  • किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
  • पहिरो हटेपछि पृथ्वी राजमार्गमा आवागमन सामान्य
  • थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
  • आजदेखि ग्यासको बिक्री-वितरण नियमित गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama