Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

- शुभ बिहानी / बुधबार, भदौ ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हाे ।

बिहान करिब साढे ७ बजेतिरकाे समयमा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानबाट १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हाे । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार अहिले उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

अहिले पनि निरन्तर पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउने सम्भावना नरहेकाे र काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ । पहिरो रोकिएपछि सडक खुलाउने कार्य सुरु गरिने बताइएकाे छ ।

घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षक (प्रसनि)को कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जनाएका छन् ।

पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवागमन प्रभावित भएको छ।

Page Views: 13
संबन्धित शिर्षकहरु
१५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र विवाद, इतर पक्ष सर्वोच्च जाने तयारीमा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
ताजा अपडेट
  • १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र विवाद, इतर पक्ष सर्वोच्च जाने तयारीमा
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
  • मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
  • मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
  • विभिन्न जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम
  • रास्वपाले मन्त्री र सांसद राखेर अन्तरक्रिया गर्दै
  • पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama