Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

- शुभ बिहानी / बुधबार, भदौ ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन् । वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ समेत रहेका डा. पौडेललाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन् ।

यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका डा. पौडेलले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका थिए । उनले भरतपुर अस्पताललाई अन्य संस्थामा निर्भर नरहने गरी आफ्नै कानुनी आधारमा राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको स्वरूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए ।

स्वास्थ्य सेवा सुधार, सरकारी अस्पतालको व्यवस्थापन तथा चिकित्सा शिक्षाका विषयमा समेत डा. पौडेलले सार्वजनिक रूपमा धारणा राख्दै आएका छन् । सरकारी अस्पतालको क्षमता अभिवृद्धि गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

काउन्सिलको अध्यक्षका रूपमा अब उनले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण तथा चिकित्सा शिक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन् । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस उत्तीर्ण गरेका डा. पौडेल त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए ।

डा. पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन् ।

Page Views: 10
संबन्धित शिर्षकहरु
१५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र विवाद, इतर पक्ष सर्वोच्च जाने तयारीमा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
ताजा अपडेट
  • १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र विवाद, इतर पक्ष सर्वोच्च जाने तयारीमा
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
  • मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
  • मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
  • विभिन्न जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम
  • रास्वपाले मन्त्री र सांसद राखेर अन्तरक्रिया गर्दै
  • पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama