Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपाले मन्त्री र सांसद राखेर अन्तरक्रिया गर्दै

- शुभ बिहानी / बुधबार, भदौ ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्री र सांसदहरु राखेर अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि पार्टीले आज मन्त्रीहरूसहित राखेर अन्तरक्रिया गर्ने भएको हाे ।

आज बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तरक्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिने बताइएको छ । बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुनेछ ।

संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सचेत गराइने र सांसदहरूले संसद्मा बोल्ने भाषा, सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृति बढेकोले रास्वपाभित्र असमझदारी बढेकाले त्यसकाे समधानका लागि अन्तरक्रिया गर्न लागिएको हाे ।

प्रतिनिधिसभाको हिजाेको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराउँदै बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठक छाडेर बाहिरिएकी थिइन् ।

Page Views: 11
संबन्धित शिर्षकहरु
१५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र विवाद, इतर पक्ष सर्वोच्च जाने तयारीमा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
ताजा अपडेट
  • १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र विवाद, इतर पक्ष सर्वोच्च जाने तयारीमा
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
  • मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
  • मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
  • विभिन्न जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम
  • रास्वपाले मन्त्री र सांसद राखेर अन्तरक्रिया गर्दै
  • पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama