Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विभिन्न जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम

- शुभ बिहानी / बुधबार, भदौ ०३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अहिले देशका मुख्य ठुला नदीहरूमा पानीकाे बहाव सामान्य देखिए पनि केही पहाडी तथा हिमाली जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम देखिएको छ ।

आज बिहान जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै तिनका सहायक नदीहरूमा पानीको तह सतर्कता विन्दुभन्दा तलै छ ।

त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हाललाई सुरक्षित अवस्थामै रहेको महाशाखाले जनाएको छ ।

ठुला नदीमा तत्काल ठुलो बाढीको जोखिम नरहे पनि साना नदी तथा खोलामा भने बहाव तीव्र रूपमा बढ्न सक्ने महाशाखाकाे भनाइ रहेकाे छ ।

महाशाखाकाे बुलेटिनमा भनिएको छ, ‘रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बझाङ र दार्चुला आसपास भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाे छ ।’

महाशाखाका अनुसार बाढीको जोखिम आगामी दिनहरूमा पनि जारी रहने पूर्वानुमान गरिएको छ । भाेलि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भई बहने केही साना नदीहरूमा बहाव अचानक बढ्न सक्नेछ ।

पर्सि शुक्रबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदी तथा खोलाहरूमा पनि आकस्मिक रूपमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Page Views: 71
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama