आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार ३ सय र चाँदीको मूल्य प्रतिताेला २६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै असली चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ निर्धारण भएको छ ।
हिजो छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय र असली चाँदी प्रतितोला ४ हजार ५९५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।