Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विभिन्न सर्तसहित बढाइएको तलब भत्ता उपलब्ध गराइने

- शुभ बिहानी / बिहिबार, भदौ ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलब भत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश दिएको छ । मन्त्रालयले चालु आर्थिकका लागि बढाइएको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश गरेको हाे ।

मन्त्रीस्तरीय निर्णयअनुसार चारवटा सर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन सम्बद्ध पक्षलाई निर्देशन दिइएको हाे ।

मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले साउन १ गतेदेखि लागू हुनेगरी कायम भएको तलबमानअनुसार तह तथा पदअनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ ।

जसअनुसार प्रोत्साहनभत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा हाल कायम प्रोत्साहनभत्ताभन्दा कम हुने भएमा कम भएको रकम बराबरको भत्ता मात्र प्रदान गर्न भनिएको छ भने कार्यसम्पादन सूचकका आधारमा दिइने प्रोत्साहनभत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ ।

अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न निर्देशन दिइएको छ भने विगतमा भएका परिपत्रलाई ध्यानमा राख्न समेत आग्रह गरिएको छ ।

Page Views: 65
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama