Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : थाइल्याण्डमा चम्किए नेपाली प्रतीभा, दर्जनौँ व्यक्तित्व सम्मानित

- शुभ बिहानी / बिहिबार, भदौ ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं । नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने तथा पर्यटन, संस्कृति, उद्यम, सामाजिक सेवा र विभिन्न क्षेत्रमा सक्रिय नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्ने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप फेस्टिभल तथा Asia Global Excellence Awards 2026 थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भएको छ।

Worldwide Production Media Pvt. Ltd. तथा Himalayan Community Project को आयोजनामा सम्पन्न समारोहमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा रहेर आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका नेपाली व्यक्तित्वहरूलाई विभिन्न विधाका प्रतिष्ठित अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय शासन, ग्रामीण विकास र पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने जनप्रतिनिधिसमेत सम्मानित भए। गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाललाई Global Asia Nepal Excellence Mayor Award, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई ग्रामीण पूर्वाधार विकास उत्कृष्टता अवार्ड, चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईलाई विश्व उत्कृष्ट नेतृत्व अवार्ड तथा सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङलाई पर्यटन प्रवद्र्धन उत्कृष्टता अवार्ड प्रदान गरिएको थियो।

साहित्य, पत्रकारिता, आतिथ्य र खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरू पनि समारोहमा सम्मानित भए।

शम्भु विक्रमध्वज जोशीलाई विशिष्ट साहित्य सेवा सम्मान अवार्ड, बिक्रमभक्त जोशीलाई Lifetime Achievement Award, श्याम स्मृतिलाई विशिष्ट पत्रकारिता सम्मान अवार्ड, पदमलाल काफ्लेलाई Hospitality Excellence Award तथा पारस भण्डारीलाई अन्तर्राष्ट्रिय तेक्वान्दो उत्कृष्टता तथा नेतृत्व अवार्ड प्रदान गरिएको थियो।

त्यस्तै, नानुकाजी अर्याललाई पर्यटन व्यवसाय तथा सामाजिक सेवा उत्कृष्टता अवार्ड, सुदीप गौतमलाई Asia Global Excellence Award, अनुज भुजेललाई उद्यमशीलता उत्कृष्टता अवार्ड, बिनोद चौलागाईंलाई सार्वजनिक वित्तीय व्यवस्थापन उत्कृष्टता अवार्ड, सुदीप श्रेष्ठलाई Visual Media Excellence Award, सबिन बोहरालाई Best Seller तथा Global Market Excellence Award तथा धीरज श्रेष्ठलाई खाद्य नवप्रवर्तन तथा निर्यात उत्कृष्टता अवार्ड प्रदान गरिएको थियो।

युवा, सामाजिक सेवा र महिला सशक्तीकरणको क्षेत्रमा योगदान पुर्‍याउनेहरू पनि सम्मानित भएका छन्।

रोशन कार्कीले उत्कृष्ट युवा अवार्ड, सन्तोष चौहानले उत्कृष्ट सामाजिक सेवा अवार्ड, प्रदीप गौतमले सामुदायिक सेवा उत्कृष्टता अवार्ड प्राप्त गरेका छन् भने भागिरथा विष्ट क्षेत्री र रञ्जना बुढाथोकीलाई Power of Women Award प्रदान गरिएको थियो।

पर्यटन, रोजगारी, व्यवसाय र उद्यमशीलताका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई समेत विभिन्न विधामा सम्मान गरिएको थियो। शरण अधिकारी र दिलबहादुर गुरुङलाई जिम्मेवार तथा दिगो पर्यटन अवार्ड, पूजन बाबु भट्टराईलाई उदीयमान विश्व रोजगार उद्यमी अवार्ड, सुजल पन्तलाई युवा व्यवसायिक नेतृत्व अवार्ड, दीप भट्टराईलाई क्याफे तथा हस्पिटालिटी क्षेत्रका उदीयमान युवा उद्यमी अवार्ड, बाबिन भट्टराईलाई व्यवस्थापन, ट्रेडिङ तथा लगानी क्षेत्रका उत्कृष्ट युवा उपलब्धि अवार्ड तथा मौसम पराजुलीलाई फेसन ज्वेलरी तथा अन्तर्राष्ट्रिय व्यापार उद्यमी अवार्ड प्रदान गरिएको थियो।

त्यसैगरी सुरज धमलालाई निर्माण तथा नवीकरण क्षेत्रका उदीयमान युवा उद्यमी अवार्ड, रविन सुबेदीलाई विशेष पत्रकारिता अवार्ड, मोहनप्रसाद दनाईलाई उत्कृष्ट व्यवसायी अवार्ड, महेशराज थापालाई युवा व्यवसायी अवार्ड, प्रकाश श्रेष्ठलाई सामाजिक सेवा, युवा तथा अपाङ्गता अधिकार पैरवी अवार्ड तथा निरञ्जनकुमार घिमिरेलाई Hospitality Award प्रदान गरिएको थियो।

मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वहरू पनि सम्मानित भएका छन्।

रोशन महर्जनलाई युवा आईटी विज्ञ तथा परम्परागत बाजा ज्ञाता सम्मान अवार्ड, इन्द्रमान महर्जनलाई लोपोन्मुख कृषि कला संरक्षक विशिष्ट अवार्ड, रमेश श्रेष्ठलाई सामाजिक सेवा सम्मान अवार्ड तथा गुरुमाता आनन्दी श्रेष्ठलाई धार्मिक तथा सामाजिक सेवा अवार्ड प्रदान गरिएको थियो।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पाककलाको सम्मान

कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षण विश्वका विभिन्न देशमा रहेर नेपाली पाककला र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएका शेफ तथा पाककला क्षेत्रका व्यक्तित्वहरूको सम्मान थियो।

यस क्रममा राम थापा (अमेरिका), भाबी खनाल (अष्ट्रेलिया), बिक्रम वैद्य (अमेरिका), बिनोद तामाङ (माल्दिभ्स), साई कुमार शर्मा (भारत), दीपक कार्की (क्यानडा), जितमान बस्नेत (अमेरिका), भरत सुनुवार, गोविन्दप्रसाद आचार्य (नेपाल) तथा बेदप्रसाद अधिकारी (अमेरिका) लगायतलाई विभिन्न विधाका अवार्डबाट सम्मान गरिएको थियो।

त्यस्तै, इजरायलमा रहेर योगदान पुर्‍याउँदै आएका सुरेन्द्रकुमार लामालाई उत्कृष्ट योगदान तथा समर्पित सहयोग अवार्ड प्रदान गरिएको थियो भने नेपालका वरिष्ठ पत्रकार दीपक काफ्लेलाई पत्रकारिता उत्कृष्टता अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

‘सम्मानमार्फत प्रतीभालाई थप ऊर्जा’

कार्यक्रमका सभापति रामप्रसाद सापकोटाले नेपाल–थाइल्याण्ड मैत्री सम्बन्धलाई थप सुदृढ बनाउन तथा नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले थाइल्याण्डमा रहेका नेपाली समुदायमा नेपालप्रतिको माया, सामाजिक सद्भाव र पर्यटन प्रवद्र्धन बढाउन आफूले निरन्तर काम गर्दै आएको उल्लेख गरे ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै सापकोटाले आगामी दिनमा स्थानीय सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गरी नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, नेपाली समुदाय तथा सहभागीहरूप्रति आभारसमेत व्यक्त गरे ।

आयोजकका तर्फबाट र्वल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका प्रवन्ध निर्देशक कुमारप्रसाद चौंलागाईंले विदेशमा रहेर नेपाली सीप, प्रतीभा, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याउने नेपालीहरूलाई सम्मान गर्नु कार्यक्रमको प्रमुख उद्देश्य बताए ।

उनले नेपालमा हुँदै आएका सम्मान तथा प्रतीभा प्रवद्र्धनका कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अभियानको सु?वात थाइल्याण्डबाट गरिएको दावी गरे ।

कार्यक्रमले नेपाल–थाइल्याण्डबीच पर्यटन, संस्कृति, व्यवसाय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप विस्तार गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

सापकोटाको सभापतित्वमा भएको कार्यक्रम प्रा. भारती ओख्राबो लिम्बुनीको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यसैगरी विशिष्ट अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान तथा सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङको उपस्थिति रहेको थियो।

कार्यक्रममा कुमार कार्की, वासना राई, हेमकुमार ढुङ्गेल, राजुलाल श्रेष्ठ, सोनिका तामाङ, रञ्जित झा, डेविड, प्रेमकुमार अधिकारी तथा हिराकाजी श्रेष्ठ लगायत विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

नेपालको स्थानीय शासनदेखि विश्वव्यापी पाककला, पत्रकारिता, साहित्य, पर्यटन, सामाजिक सेवा, उद्यमशीलता, खेलकुद र संस्कृति संरक्षणसम्मका विविध क्षेत्रमा सक्रिय नेपाली प्रतीभालाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गरिएको यस समारोहले नेपाल–थाइल्याण्डबीचको मैत्री सम्बन्धसँगै नेपालको प्रतीभा, पर्यटन र सांस्कृतिक पहिचानलाई विश्वस्तरमा पुर्‍याउने नयाँ सन्देश दिएको आयोजकको भनाइ छ।

Page Views: 13
संबन्धित शिर्षकहरु
सेक्युरिटी प्रेस प्रकरणमा अख्तियारको अनुसन्धान जारी, ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन
एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर बागमतीका मुख्यमन्त्री नियुक्त हुँदै
ताजा अपडेट
  • सेक्युरिटी प्रेस प्रकरणमा अख्तियारको अनुसन्धान जारी, ट्रमा सेन्टर र वीर अस्पतालका उजुरीमाथि पनि छानबिन
  • एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर बागमतीका मुख्यमन्त्री नियुक्त हुँदै
  • नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : थाइल्याण्डमा चम्किए नेपाली प्रतीभा, दर्जनौँ व्यक्तित्व सम्मानित
  • सुनचाँदीको मूल्य बढ्याे
  • झापामा साउन महिनामा २५ विपद्का घटनामा ३४ लाख बढिकाे क्षति
  • विश्व लामखुट्टे दिवस मनाइँदै
  • विभिन्न सर्तसहित बढाइएको तलब भत्ता उपलब्ध गराइने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama