Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

- शुभ बिहानी / आइतबार, भदौ ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज बिहान रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ । रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे-१ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेकाे बताइएकाे छ ।

स्वस्तिकाका श्रीमान् लक्ष्मी सनराइज बैंक मुसिकोट शाखामा कार्यरत रहेकाे र उनलाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। अहिले दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी घटनास्थलमै रहेको छ भने चालक सानीभेरी गाउँपालिका–३, चौखे निवासी अमर विकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
सुनको मूल्य ३ लाख २० हजार नजिक
पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
छोराको हत्याको खबरले आमा पनि वितिन
ताजा अपडेट
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक
  • पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
  • छोराको हत्याको खबरले आमा पनि वितिन
  • नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
  • आजका लागि फलफूल तथा तरकारीकाे थोक मूल्य निर्धारण
  • देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
  • महाधिवेशन रोक्न अन्तरिम आदेश माग्दै सर्वोच्च जाने देउवा–खड्का पक्षको तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama