Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, कार्तिक ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग

- शुभ बिहानी / बुधबार, भदौ १७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारको आधिकारिक राहत कोषमा १० लाख रुपैयाँ सहयोग जम्मा गरेको छ। गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंको अध्यक्षतामा बसेको बैठकले देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिमा परेका पीडितहरूको घाउमा मलम लगाउन र सरकारी राहत कोषलाई सुदृढ बनाउन सो रकम जम्मा गर्ने निर्णय गरेको हो।गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंका अनुसार विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूलाई तत्काल राहत र पुनस्र्थापनाको आवश्यकता परेकाले स्थानीय सरकारको तर्फबाट मानवीय दायित्व वहन गर्दै उक्त सहयोग उपलब्ध गराइएको हो। प्राकृतिक विपद्को समयमा नागरिकको जीवन रक्षा र राहत कार्यमा सबैको सहकार्य आवश्यक छ, हाम्रो यो सानो सहयोगले पीडित परिवारको उद्धार र व्यवस्थापनमा केही राहत पुग्ने विश्वास लिएका छौं, अध्यक्ष चौलागाईंले भन्नुभयो। गाउँपालिकाले विपद् व्यवस्थापन र राहत कार्यमा सरकारको प्रयासलाई थप प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट निरन्तर ऐक्यबद्धता र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Page Views: 72
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama