Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग

- शुभ बिहानी / बुधबार, भदौ १७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

 

काठमाडौं । देश प्राकृतिक विपत्तिको चपेटामा परेका बेला दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले मातृभूमिप्रतिको जिम्मेवारी निर्वाह गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि उल्लेखनीय आर्थिक सहयोग गरेका छन् ।

पुडासैनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । विदेशमा रहेर व्यवसाय सञ्चालन गरिरहेका उनी विपत्तिको कठिन घडीमा पीडित नेपालीको साथ दिन नेपाल फर्किएका थिए ।

नेपाल आएर आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

देश संकटमा परेका बेला विदेशमा चुप लागेर बस्न नसकेको बताउँदै पुडासैनीले मातृभूमिका लागि सहयोग गर्न पाउनु आफ्नो कर्तव्य र सौभाग्य दुवै भएको बताएका छन्। उनले विदेशमा रहेका नेपालीलाई पनि विपत्तिको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन् ।

पुडासैनी करिब १० वर्षको प्राविधिक तथा इन्जिनियरिङ अनुभवलाई व्यवसायमा रूपान्तरण गरेर अन्तर्राष्ट्रिय बजारमा सक्रिय नेपाली उद्यमीसमेत हुन्। हेटौँडाबाट सुरु भएको उनको प्राविधिक यात्रा अहिले दुबई हुँदै खाडी तथा अन्य अन्तर्राष्ट्रिय बजारसम्म विस्तार भएको छ।

उनले स्थापना गरेको हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस भूमिगत पाइपलाइन मर्मत तथा पुनःस्थापना, फोहोर पानी व्यवस्थापन, संरचनात्मक मर्मत, औद्योगिक सरसफाइ तथा विभिन्न विशेष प्राविधिक उपकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

विश्व बजारमा व्यवसाय विस्तार गरिरहेका पुडासैनीको यो सहयोगले उनको सफल व्यवसायिक यात्रासँगै मातृभूमिप्रतिको गहिरो जिम्मेवारी र सामाजिक संवेदनशीलता पनि उजागर गरेको छ ।

विदेशमा बसेर विश्व बजारमा सफलता हासिल गरे पनि देश दुःखमा पर्दा साथ दिनुपर्छ भन्ने सन्देश विष्णुप्रसाद पुडासैनीको सहयोगले दिएको छ ।

Page Views: 8
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama