थाइल्याण्डमा आयाेजित एक कार्यक्रममा सुनापति गाउँपालिकालाई सम्मान गरिएकाे छ । पालिकाकाे विभिन्न कृयाकलापमा सफल भएकोमा सुनापति गाउँपालिका सम्मान गरिएको हाे ।
नेपाली प्रतिभा, कला, संस्कृति, पाककला तथा पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले थाइल्याण्डमा आयोजना गरिएको Asia Global Excellence Awards 2026 भव्य समारोहबीच पालिकालाई सम्मान गरिएकाे हाे ।
Worldwide Production Media Pvt. Ltd. र Himalaya Committee Project को संयुक्त आयोजनामा भएको समारोहमा सुनापति गाउँपालिकासहित अन्य स्थानीय तह, विभिन्न व्यक्तीलगायत लाई सम्मान गरिएकाे थियाे ।
उक्त समारोहमा प्रमुख अतिथि प्रा. भारती ओख्राबो लिम्बू, विशेष अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, चौरिदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान तथा सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ लगायतको उपस्थिति रहेकाे थियो ।