संघीय राजधानी काठमाडौँको रत्नपार्ककाे फुटपाथमा दसैँका लागि नोट साट्दै सर्वसाधारणकाे भिड लागेकाे छ । व्यापारीलाई अतिरिक्त शुल्क तिरेर ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साटेका हुन् ।
रत्नपार्ककाे फुटपाथमा बस्नेले लाइन बसेर नयाँ तथा सुकिला नोट साट्ने र दसैँको समयमा सडकमा त्यसको व्यापार गर्ने गरेका हुन् । यसले लाइन बस्न समय नहुने, झन्झट मान्ने सर्वसाधारणलाई सहज भएको छ भने नोट साट्न बसेका व्यापारीलाई पनि धेरथोर आम्दानी हुने गरेको व्यापारीहरुले बताएका छन् ।