नेपाली बजारमा आज साताकाे पहिलाे दिन सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ८ हजार ३ सय र चाँदी ताेलाकाे १७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य २ लाख ७२ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३ सय र चाँदी ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।