Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आठ दिन विद्युत् आपूर्ति बन्द हुने

- शुभ बिहानी / शुक्रबार, कार्तिक १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्न लागेकाले विद्युत् आपूर्ति बन्द गर्न लागेको हाे ।

जसअुनसार प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गत विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न लागिएको छ । त्यसका लागि आजदेखि २० कात्तिकसम्म बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार आज १३ कात्तिकमा बलम्बु, थानकोट तथा मातातीर्थ फिडर अन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेको छ । त्यस्तै १४ कात्तिकमा सीतापाइला अन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १५ मा कलंकी, थानकोट तथा रोपवे फिडर अन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् अवरुद्ध हुनेछ ।

त्यसैगरि १६ कात्तिकमा बाफल फिडर अन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् कटौती हुने र कातिक १७ मा शंखमुल फिडर अन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् आपूर्ति बन्द गरिने जनाएकाे छ ।

त्यसैगरी काितक १८ र २० मा सतुंगल फिडर अन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र र १९ मा स्युचाटार एसएस फिडर अन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मौसम प्रतिकूल रहे निर्धारित कार्यतालिका रद्द हुन सक्ने जनाउँदै भूमिगत विद्युत् लाइन विस्तारको कामका लागि विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले उपभोक्तालाई आवश्यक व्यवस्था मिलाउन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

Page Views: 11
संबन्धित शिर्षकहरु
स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि थप
एनपीएल क्रिकेटमा आज कुनै खेल नहुने
ताजा अपडेट
  • आठ दिन विद्युत् आपूर्ति बन्द हुने
  • स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि थप
  • एनपीएल क्रिकेटमा आज कुनै खेल नहुने
  • देशकाे एकदुई स्थानमा भारी वर्षासँगै हिमपात हुने
  • नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने
  • आज एनपीएलकाे दुई खेल हुँदै
  • आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama