नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । हिजाे मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढेकाे मूल्यसँगै बुधबार छापावाल सुन प्रतिताेला २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजाे मंगलबार ७ सय रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै कात्तिक १५ गते आइतबार भने ८ हजार ३ सय रुपैयाँले घटेर सुनको मूल्य २ लाख ७२ हजार रुपैयाँ कायम भएकाे थियो ।
आज बुधबार चाँदीको मूल्य २० रुपैयाँले घटेर ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ४५ रुपैयाँले घटेर ३ हजार ६ सय ७५ रुपैयाँ थियो ।
सोमबार चाँदीको मूल्य ७० रुपैयाँले बढेर ३ हजार ७ सय २० रुपैयाँ तथा आइतबार चाँदीको मूल्य १ सय ७५ रुपैयाँले घटेर ३ हजार ६ सय ५० रुपैयाँमा काराेबार भएकाे थियो ।