जाजरकोटमा घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर चार जना घाइते भएका छन् । माटोको ढिस्कोमा पुरिएर रुकुम पश्चिमका चार जना घाइते भएका हुन् ।
जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा भएकाे घटनामा रुकुम पश्चिमकाे आठबिसकोट नगरपालिका–११, चौरका चार जना स्थानीय घाइते भएकाे स्थानीयले बताएका छन् । घर पोत्ने माटो लिन जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली पुगेका उनीहरू माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा घाइते भएका हुन् ।
घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिएका छन् ।
घर पोत्ने माटो खन्न गएका उनीहरू एकैपटक ढिस्कोमा पुरिएर घाइते भएका हुन् ।