Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, कार्तिक २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज तिहारकाे पाँचौँ दिन गोवर्धन, बली, गोरु र हलि पूजा गरी मनाइँदै

- शुभ बिहानी / मङ्गलबार, कार्तिक २५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज तिहारकाे पाँचौँ दिन कार्तिक शुक्ल प्रतिपदा गाेवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गाेवर्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा रहेकाे छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गाेवर्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गाेवर्धन पूजा गर्ने प्रचलन रहेको हाे ।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गाेवर्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा.पुरुषोत्तम भट्टराईले बताएका छन् ।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्येलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको बताइन्छ ।

वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन रहेकाे छ भने गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा रहेकाे छ ।

आज वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि पूजा गरी मीठा परिकार खुवाउने भएकाले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
अवरुद्ध पृथ्वीराजमार्गमा सवारी सञ्चालन
एनपिएलमा आज एक मात्र खेल हुने
सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
ताजा अपडेट
  • अवरुद्ध पृथ्वीराजमार्गमा सवारी सञ्चालन
  • एनपिएलमा आज एक मात्र खेल हुने
  • आज तिहारकाे पाँचौँ दिन गोवर्धन, बली, गोरु र हलि पूजा गरी मनाइँदै
  • सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
  • गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
  • गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
  • आज एनपीएलको दुई खेल हुँदै
  • पृथ्वी राजमार्गमा सुक्खा पहिराे दुईतर्फी सडक अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama